image
image

भुटान निर्यात गरियो किबीका बिरुवा

काठमाडौँ, ७, पुस । १ लाख १५ हजार रूपैयाँ बराबरको १ हजार २ सय वटा किबीको बिरुवा भुटान निकासी भएको छ। झापा– पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भुटान निर्यात हुन थालेको छ। इलाममा उत्पादित किबीको बिरुवा भुटान निर्यात गरिएको हो । 

भुटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताए।१ लाख १५ हजार रूपैयाँ बराबरको १ हजार २ सय वटा किबीको बिरुवा भुटान निकासी भएको छ। चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो, उनले भने।

किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए। उनले भने, यसबाट किसानमा उत्साह थपिन्छ।

यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ। 

विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताए।

पाँच वर्ष अघिदेखि किबीको बिरुवा भुटान निर्यात गर्दै आएको उहाँको दाबी छ। समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ। यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ, खतिवडाले भने। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।