image
image

१ करोड ६६ लाख ठगेको आरोपमा थलीबाट १ जना पक्राउ

काठमाडौँ, ७, पुस । काठमाडौँको थलीबाट ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभा घर भई बौद्ध बस्दै आएका ५३ वर्षीय दुर्गा बहादुर भण्डारी छन् ।

उनले जग्गा खरीद गरिदिन्छु भन्दै पैसा लिएर बैना गर्ने गरेको र नामसारी नगरेर पीडितहरुलाई हैरानी दिने गरेका थिए । भण्डारीले ‘चेकबाट पैसा फिर्ता लिनु’ भनेर खातामा नभएको चेक दिएर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

अहिलेसम्म उनले ८ जनाबाट १ करोड ६६ लाख ५० हजार ठगेको उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।