image
image

काठमाडौंको तापक्रम ३.४ डिग्री, तराई भेगमा शितलहरको सम्भावना

काठमाडौँ, ७, पुस । काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंमा ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । 

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए । आज पूर्वी नेपालको हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् प्रधानाङ् बताउँछिन् । एकपटक पानी परेपछि तराईमा शितलहर सुरु हुने सम्भावना रहेको छ । पानी परेपछि तराई क्षेत्रमा शितलहरको सम्भावना हुन्छ । तर, अहिलेसम्म पानी नपरेकाले शितलहर सुरु भइसकेको छैन, उनले भने, शितलहर सुरु भएति थप चिसो महसूस हुन्छ ।

चिसो बढ्ने क्रममा रहेको छ । अहिले हामी मध्ये जाडोमा छौं । अझै तापक्रम घट्ने र चिसो हुने सम्भावना छ । त्यसैले चिसोबाट बच्न सतर्क रहनु पर्छ, उनी भन्छिन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।