बंगलादेशी कामदार लैजाने मलेसियाको तयारी
काठमाडौँ ६ पौष । मलेसियाले बंगलादेशी कामदार लैजाने तयारी गरेको छ । गत डिसेम्बर १० मा मलेसियामा बंगलादेशी कामदार भर्ना गर्नका लागि बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय र मलेसिया सरकारबीच सम्झौता गर्ने सहमति भएको थियो ।
उक्त सम्झौतामा वृक्षारोपण क्षेत्रबाहेक सबै क्षेत्रमा विदेशी कामदार भर्ना खुला गर्ने सहमति भएको छ । मलेसियाले विदेशी कामदारका लागि वृक्षारोपण, कृषि, उत्पादन, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारहरूका लागि भर्ना खुला हुने बताएको छ ।
यता नेपाल र मलेसियाबीच शुन्य लागतमा कामदार लैजाने विषयमा तत्कालीन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको कार्यकालमा सम्झौता भएको थियोे । तर त्यसपछि उक्त सम्झौता अनुसार एक जना नेपाली कामदार पनि मलेसियामा रोजगारीका लागि जान पाएका छैनन् ।