अमेरिकामा ओमिक्रोनबाट एक जनाको मृत्यु
काठमाडौँ, ६, पुस । अमेरिकामा ओमिक्रोन कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनको संक्रमणबाट एक ५० वर्षीय पुरुषको मृत्यु भएको सीएनएनले जनाएको छ ।
ती व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको र यसअघि कोरोनाभाइरसबाट संक्रमित भएको ह्यारिस काउन्टी पब्लिक हेल्थ कार्यालयले जानकारी दिएको छ । ओमिक्रोनको संक्रमणबाट अमेरिकामा मृत्यु भएको यो पहिलो घटना हो ।
अमेरिकामा पछिल्ला केही दिनमा संक्रमण बढिरहेको छ । नयाँ संक्रमितमध्ये ७३ प्रतिशतभन्दा बढी ओमिक्रोनका केस भएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र९सीडीसी० का अनुसार अमेरिकामा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको असर बढी देखिन थालेको छ । केही अनुसन्धान रिपोर्टले ओमिक्रोन अरु भेरिएन्टभन्दा सामान्य भएको उल्लेख गरेका छन् । तर अनुसन्धान जारी नै रहेकाले विज्ञहरूले
खोप र बुस्टर सट लगाउन र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । अहिलेसम्म अमेरिकाका ४८ वटा राज्यमा ओमिक्रोन भेरिएन्ट फैलिइसकेको छ । ओक्लाहोमा र साउथ डकोटाबाहेक सबै राज्यमा ओमिक्रोन देखिएको सीडीसीले जनाएको छ ।
यसैबीच इसाईहरूको प्रमुख चाड क्रिसमसका बेला हुने यात्राले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा पनि भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन सक्ने विज्ञहरूले बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यो भेरिएन्टलाई जोखिमपूर्ण सूचीमा राख्दै थप सतर्कता अपनाउन आग्रह गरिसकेको छ । ओमिक्रोन कोभिड–१९ को हालसम्मकै उच्च रूपमा उत्परिवर्तित भेरिएन्ट हो । यसलाई थप फैलन नदिन कैयौं राष्ट्रहरूले कडा नियमहरू लागू गर्दै छन् ।