image
image

आठ फिटको केरा घरी

काठमाडौँ ५ पौष । केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर  महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामोे छ । केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् ।

 विसं २०७६को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्राय केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्नें) ए पनि यो चै दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ ।घरीको माथिका हाता छुट्टिँदै गए पनि तलसम्मका हाता छुट्टिने र छिप्पिने क्रममा छ । 


बोट सामान्य मोटाइको भए पनि घरी भने निकै लामो भएपछि अहिले यो केरा हेर्न दिनहुँ आउने गर्छन् । कृषि प्राविधिकले भने यो घरी निकै लामो भए पनि माथिका १०÷१२ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।