image
image

पर्यटकको रोजाइमा पर्न थाल्यो कालिञ्चोक

काठमाडौँ, ५, पुस । जिल्लाकै मुख्य पर्यटकीय क्षेत्र कालिञ्चोक भारतीय र बंगलादेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन कालिञ्चोकका २० प्रतिशत होटल भारतीयले बुक गरिसकेका छन् । बंगलादेशबाट समेत कालिञ्चोकका होटलमा बुकिङ इन्क्वायरी आइरहेको होटल व्यवसायी हरी ओलीले जानकारी दिए । ‘नयाँ वर्ष मनाउन कालिञ्चोकका होटलमा भारतीय पर्यटकले बुकिङ गर्न थालेका छन्, उनले भने, ‘अहिले २० प्रतिशत जति कोठा भारतीयबाट बुकिङ भएको छ, नयाँ वर्ष नजिकिँदै गर्दा यो बढ्न सक्छ ।

कालिञ्चोकमा मंसिरमा मात्रै ३ हजारभन्दा बढी भारतीय पर्यटक पुगेका छन् । भारतको उत्तर प्रदेश र बिहार राज्यबाट पर्यटक कालिञ्चोक घुम्न आउने गरेका छन् । मुम्बई र दिल्लीबाट समेत कालिञ्चोक आउनेहरू उत्तिकै छन् । मंसिरमा ७५ भन्दा बढी बंगलादेशी पर्यटक कालिञ्चोक घुम्न आएको होटल व्यवसायी बताउँछन् । फूलबारी राजमार्ग प्रयोग गरेर झापाबाट बंगलादेशी पर्यटक कालिञ्चोक आउने गरेको उनीहरूको भनाइ छ । कालिञ्चोकमा आन्तरिक पर्यटकको चहलपहल पनि राम्रै छ ।

पछिल्लो समय कालिञ्चोकमा भारत र बंगलादेशबाट पर्यटक आउने गरेको कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीले बताए । केबलकार चढ्नेको संख्या अहिले प्रतिदिन एक हजार हाराहारी रहेको उनले जानकारी दिए । यसमा १५ प्रतिशत पर्यटक भारतीय रहेको उनले बताए । कालिञ्चोकमा केबलकार चढ्न, मन्दिर दर्शन गर्न र हिउँ खेल्दै दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।