image
image

काठमाडौंको तापक्रम अझै घट्ने, चिसोबाट बच्न सर्तकता अपनाउन आग्रह

काठमाडौँ, ५, पुस। काठमाडौंको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । 

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मञ्जु बासीले बताउनु भयो। उहाँका अनुसार आज दिउँसो काठमाडौंको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ ।
 
पश्चिम तराई र मध्य तराईका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने बासीले बताउँनु भएको छ । 

हामी मध्ये जाडोमा छौं । त्यसैले अझै तापक्रम घट्ने क्रम रहन्छ । जसका कारण चिसो बढ्ने भएकाले यसबाट बच्न सतर्क रहनु पर्नेछ, , बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन्छ । त्यसैले सवारी दुर्घटना बढ्नसक्ने भएकाले सडक सवारी चलाउँदा न्यून गतीमा चलाउनु पर्छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न सकिँदैन । तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिन्छ, मौसमविद् मञ्जु बासीले बताउनु भएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।