image
image

५ लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाउँदै, छपाईमा अझै आनाकानी

काठमाडौँ ४ पौष । फ्रान्सेली कम्पनी सेल्प एसएसएलले १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको झण्डै एक महिना वितिसक्दा पनि यातायात व्यवस्था विभागले स्मार्टलाइसेन्स छपाईमा आनाकानी गरेको छ ।लाखौं सेवाग्राही स्मार्ट लाइसेन्सका लागि ट्रायल पास पर्खिरहेका छन् । तर, विभागले भने स्मार्टकार्ड आएको लामो समयसम्म पनि छाप्न कुनै प्रक्रिया अघि बढाएकोे छैन ।

अहिले झण्डै पाँच लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाइरहेका छन् । त्यस्तै नयाँ ट्रायल पास गर्ने सेवाग्राहीलाइ एक बर्षका लागि परीक्षणकालीन लाइसेन्सको व्यवस्था गरिएको छ ।विभागसँग स्मार्टकार्ड नहुँदा विगत डेढ बर्षदेखि स्मार्ट लाइसेन्स छपाइ रोकिएका थियो । 

२०७३ सालबाट सुरु भएको स्मार्टलाइसेन्स वितरण हालसम्म २५ लाख जनाले चिप्स सहितको स्मार्टकार्ड पाइसकेका छन ।डेढ बर्ष अघि यातायात विभागले फ्रान्सेली कम्पनीलाई १४ लाख स्मार्टकार्ड ल्याउन ठेक्का दिएको थियो । तर, उक्त कम्पनीले डेढ बर्ष ढिलागरी स्मार्टकार्ड ल्याएको थियो ।

विभागले अहिले रसिदको विकल्पमा परीक्षणकालीन लाइसेन्स उपलब्ध गराउन थालेको छ । स्मार्टलाइसेन्सको आपूर्ति सहज नहुँदा विभागले परीक्षणकालीन लाइसेन्स प्रक्रिया अघि बढाएको थियो ।हाल नेपाल आएको १४ लाख स्मार्टकार्डले नपुग्ने देखिएपछि थप स्मार्टकार्ड ल्याउने प्रक्रिया विभागले अघि बढाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।