image
image

कोकाकोला उत्पाद विरुद्ध कर छलीको मुद्धादर्ताको तयारीमा राजश्व विभाग

काठमाडौँ ४ पौष ।राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका–कोलाकाको नेपालस्थित उत्पादक बोटलर्स नेपाल बालाजुलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्धा दर्ताको तयारी गरेको छ । लामो समय लगाएर कम्पनीका सम्बन्धमा गरिएको अनुसन्धान पछि मुद्धा दर्ताको तयारी गरिएको विभागले जनाएको छ ।

अनुसन्धानका क्रममा बोटलर्स नेपाल बालाजुले ठुलो रकमको कर तथा राजश्व छली गरेको भेटिएको विभागले जनाएको छ । विभागको अनुसन्धान अन्तिम अवस्थामा पुगेको भन्दै विभागले कम्पनीका सञ्चालकहरुलाई आफ्नो धारणा राख्नका लागि सात दिने सूचना सार्वजनिक गरिएको जानकारी दिएको छ । 

विभागका अनुसार यस अघि पटक पटक आफ्नो धारणा राख्नका लागि कम्पनीका सञ्चालकहरुलाई बोलाएकोमा कोही पनि सम्पर्कमा नआएकाले सूचना जारी गरेर मुद्धा दर्तामा जाने प्रकृया अघि बढाइएको जनाएको छ । कम्पनीका सञ्चालक सम्पर्कमा आएको खण्डमा उनीहरको बयान समेत समेटेर मुद्धामा जाने र उनीहरु सम्पर्कमा नआए विभागले अहिलेको तयारी अनुसार नै मुद्धा दर्ता गर्नेछ ।

शुक्रबार एक सूचना सार्वजनिक गर्दै विभागले बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासानसहित १५ जनालाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । त्यसैगरी कम्पनीका निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनिम, गौरव खोसला, सन्दीप बाजोरिया, देवव्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुपुस्वामी, संकेत रे, डिनाइज म्यारी–लुइस लाउवेन्स, केइथ इयान स्ट्यासे, चोलिया डी सिल्भाका साथै प्रबन्ध निर्देशकहरु सलमान ल्याटिफ रावन र पुनीत चन्द्रपाल वष्र्ने तथा वित्तीय प्रबन्धक सुमित गोयललाई विभागमा उपस्थित हुन निर्देशन दिइएको हो ।

दुई अर्ब रुपैंयाभन्दा बढी रकम बराबरको राजश्वमा हिनामिना गरेको विभागको अनुसन्धानमा खुलेको छ । अनुसन्धान अनुसार बोटलर्स नेपाल लिमिटेडमा रहेका विदेशी लगानीकर्ताहरुको शेयर अन्य विदेशी लगानीकर्ताहरुमा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभकर नतिरेको भेटिएको हो । 

यसरी भएको शेयर कारोबारको जानकारी नेपाललाई नभएकाले झण्डै १ वर्ष पहिलेदेखि अनुसन्धान थालिएको विभागले जनाएको छ । विभागका अनुसार जानकारी नै नगराई कम्पनीको स्वामित्व परिवर्तन गरेको भेटिए पछि थप अनुसन्धान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।