image
image

कैलालीमा युवकको घाँटी रेटेर बीभत्स हत्या

काठमाडौँ, ४, पुस । कैलालीमा भूपेन्द्र बडुवालको हत्या भएको घटना सेलाउन नपाउँदै फेरि अर्का एक युवकको बीभत्स हत्या भएको छ । जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको सोही ठाउँको अमरावती सामुदायिक वनमा घाँटी रेटेर विभत्स हत्या भएको अवस्थामा शव भेटिएको हो ।

शनिबार बेलुका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । ‘परिवारबाट प्राप्त जानकारी अनुसार युवक शुक्रबार बेलुका साथीसंग जान्छु भनेर घरबाट निस्केका थिए,’ डीएसपी जोशीले भने, । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल हेर्दा शुरुमा उनलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटर हत्या गरेको देखिएको डीएसपी जोशीले बताए । उनले घटनाका बारेमा केही क्लुलसमेत भेटिएको र सोही अनुसार अनुसन्धान भइरहेको बताए ।

यसअघि कात्तिक २३ गते लम्कीका युवक बडुवालको टीकापुरमा हत्या भएको थियो । उक्त घटनामा पनि अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।