image
image

काठमाडौंको तापक्रम ३.४ डिग्री सेल्सियस, अझै घट्न सक्ने सम्भावना

काठमाडौँ, ४, पुस । काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
 
उनका अनुसार आज काठमाडौंमा मौसम बदली हुनेछ । तापक्रम अझै घट्दै जाने उनले बताइन् । तापक्रम अझै घट्दै जानेछ, मौसमविद् शाक्यले जानकारी दिइन् । शनिबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको आजसम्मकै न्यून २.६ डिग्री सेल्सियस रहेको थियो । 

तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चलेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्ने उनले जानकारी दिइन् । 

केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।