image
image

कोरोना भाइरस विरुद्धको दुवै मात्रा खोप लगाएका एक सङ्क्रमितको मृत्यु  

काठमाडौँ, ४, पुस । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै  मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको  जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।

कोभिसिल्डको दुवैमात्रा  लगाएका ती वृद्धाको  कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ ।  यससंँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  

जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।