image
image

बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने

काठमाडौँ  ३ पौष ।  गोदावरी नगरपालिका–४ बडीखेलको तपेश्वर क्षेत्रमा ५५ फिट अग्लो शिवको मूर्ति स्थापना गरिने भएको छ ।


विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको सहभागितामा आज बडीखेलमा भएको छलफलमा सो मूर्ति स्थापना गर्ने निर्णय गरेको हो । बडीखेललाई धार्मिक तथा पर्यटकीय दृष्टिकोणले विकास गरिँदै लैजाने योजनानुरुप महादेवको मूर्ति स्थापना गर्न लागिएको वडाध्यक्ष मुकुन्दबहादुर पहरीले बताए । उनले भने, “यस कामलाई नगरपालिकाभरिकै ठूलो राष्ट्रिय गौरवको योजनामा लान लागेका छौ । गोदावरीका वडामध्ये पिछडिएका क्षेत्रका रुपमा बडीखेल र यहाँका पहरी समुदाय रहेका हुँदा उनीहरुको जीवनस्थर उकास्नका लागि यसले निकै सहयोग गर्नेछ ।” सो स्थानमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन २०७४ सालमा आफूहरुले ‘तपेश्वर महादेव विकास तथा संरक्षण समिति’ गठन गरेर एकपटक सप्ताहसमेत लगाइसकिएको वडाध्यक्ष पहरीले जानकारी दिए ।

हाल यस मन्दिर क्षेत्रमा ट्रष्ट तथा सभाहलका साथै उद्यान र शौचालयसमेत निर्माण भइसकेको उनको भनाइ छ । “आउँदो आर्थिक वर्षमा रु ५६ करोडभित्र यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्नेछाँै”, उनले भने, “हालसम्म लगभग रु तीन करोडको काम सम्पन्न भइसक्यो तर यसमा हामीले रु एक करोड ९० लाखको भुक्तानी लियौँ ।” यसमा ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवालले अपाङ्गमैत्री शौचालय निर्माणका लागि रु १० लाख, नगरपालिका तथा वडाले रु ८० लाख र यहाँका प्रदेशसभा सदस्य लालकुमारी पुनले बाँकी रु एक करोड सहयोग गरेको उनले जानकारी दिए ।

समितिका अध्यक्ष गौरव पहरीले सहरी विकास मन्त्रालयमार्फत पाएको रु २० लाखको काम हाल तपेश्वर क्षेत्रमा भइरहेको बताउँदै अब प्रदेशमार्फत आउने रु एक करोड र नगरपालिका र वडा कार्यालयबाट आउने रु ६० लाखको काम गर्ने बताए । समितिका सचिव सन्तकुमार नगरकोटीले फाइबर ग्लासको सो मूर्ति ल्याउनका लागि नेपाल सरकारबाट रु पाँच करोड सहयोग प्राप्त भएको जानकारी दिए । बज्रवाराही सव डिभिजन वन कार्यालय गोदावरीका वनरक्षक गणेश बस्नेतले सो मूर्ति स्थापनाका लागि सामुदायिक वनका प्रतिनिधिका साथै वडावासीकोसमेत सल्लाह र सुझाव उपयुक्त हुने उल्लेख गरे ।

नेपाली कांग्रेस बडीखेल वडा कमिटी अध्यक्ष प्रदीप आचार्यले धार्मिक तथा पर्यटकीय विकासका लागि आफ्नो पार्टी सदैव सहयोग गर्न तयार रहेको उल्लेख गर्दै विकासका नाममा हुने दूरगामी असरका बारेका ध्यान दिनाका साथै जलस्रोत र पर्यावरणलाई समेत मध्यनजर गरेर अघि बढ्न सुझाव दिए । समाजसेवी गोकुल पहरीले तपेश्वर धामले बडीखेलको पहिचानलाई थप अघि बढाउने बताए ।

मूर्ति स्थापनाका लागि माटो परीक्षण अनि आवश्यक विभिन्न काम गरिएको वडाध्यक्षले पहरीले जानकारी दिए ।-रासस/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।