image
image

विदेशबाट आउने यात्रुले होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित

काठमाडौँ ३ पौष ।अध्यागमन विभागले शनिबार बिहान सूचना प्रकाशित गरी सात दिन आफ्नै खर्चमा होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरिएको जनाएको छ। विभागले अर्को सूचना प्रकाशित नभएसम्मका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू नहुने जनाएको छ।

यसअघि विभागले शुक्रबार सूचना प्रकाशित गरी ६७ देशबाट आउने यात्रुलाई एक साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको थियो। होटलमा क्वारिन्टनमा बस्दा सबै खर्च यात्रुले नै व्यहोर्नुपर्ने जनाइएको थियो।

ओमिक्रोन संक्रमण देखिएका देशका आएका यात्रुले होटलको क्वारेन्टिनमा बसेपछि पीसीआर परीक्षण गर्ने व्यवस्था गरिएको थियो। कोरोना नेगेटिभ आएपछि पनि एक साता आफ्नै घरमा क्वारेन्टिनमा बस्नुपर्ने विभागको निर्देशन थियो। होटलमा बस्दा पीसीआर पोजेटिभ देखिएका यात्रुलाई आइसोलेशन तथा अस्पताल भर्ना गरिने विभागले जनाएको थियो।

अब भने त्यो नियम कार्यान्वयन नहुने विभागले जनाएको छ। अर्को सूचना जारी नभएसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरिएको विभागले जनाएको छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।