image
image

आजको मौसमः तराईमा शितलहर, हिमालमा हिमपात

काठमाडौँ  पौष ३ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो समयमा नेपालमा जाडो बढ्दै गएको छ । सोहि प्रभावका कारण देशका उच्च हिमाली भेगम बाक्लो हिमपातसंगै पाहाडी भेगमा जाडो र तराईमा शितलहर सुरु भएको छ ।


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराइका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’

यो मौसम प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उक्त प्रदेशको उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।