नेपालगञ्जलाई साक्षर नगर घोषणाको तयारी
काठमाडौँ, २, पुस । नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणाको तयारी गरिएको छ। उपमहानगरपालिकाले त्यसका लागि प्रचार–प्रसार, निरक्षरको तथ्यांक लिने र शिक्षक राख्नेलगायतको काम गरिरहेको छ।
नेपालगञ्ज उपमहानगरपालिकामा १५ हजार निरक्षर रहेको आँकलन गरिएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले दुई वर्षअघि सर्वे गर्दा नेपालगञ्जमा २० हजार मानिस निरक्षर रहेकोमा अहिले १५ हजार निरक्षर रहेको बताए।
‘२०७६ सालमा गरिएको सर्वेमा २० हजार मानिस निरक्षर देखिन्छन्। यो बीचमा हामीले साक्षरका कक्षाहरु सञ्चालन गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘अब १५ हजार निरक्षर छन् भन्ने हाम्रो बुझाइ छ।’
उपमहानगरपालिकाले साक्षर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। १५ देखि ६० वर्षका मानिसलाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिँदैछ। त्यसका लागि एक सय ३० जना बाल शिक्षिकालाई तयार गरिएको छ। यो हप्ताभित्र सबै वडाअनुसार निरक्षरको तथ्यांक निकाल्ने र कहाँ कति वटा कक्षा सञ्चालन गर्नुपर्छ भन्ने फाइनल गरिँदैछ।
फाल्गुन मसान्तभित्र नेपालगञ्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी भएको छ। यो अभियानका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ। निरक्षरलाई कम्तीमा आफ्नो नाम लेख्ने, हस्तक्षर गर्ने र अलिअलि पढ्न सक्ने बनाइँदै छ।
‘सामाजिक सुरक्षा भत्ता लिन जाँदा ल्याप्चे लगाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘बाल शिक्षिकाहरुले ४५ दिन पढाउँदा त्यति गराउन सक्छौँ भनेका छन्।