image
image

ओमानमा नयाँ राहदानीको लागि आवेदन दिन नेपाली श्रमिकलाई घुम्ती सेवा दिँदै दूतावास

काठमाडौँ १ पौष ।ओमानमा रहेको नेपाली दूतावासले त्यहाँ राहदानी (पासपाेर्ट)को म्याद सकिन लागेका नेपाली श्रमिकलाई नयाँ राहदानीको लागि आवेदन दिन आग्रह गरेको छ ।भोलि अर्थात् डिसेम्बर १७ तारिखमा दोफार प्रशासनिक क्षेत्रमा घुम्ती सेवा सञ्चालन हुने भएकाले राहदानी बनाउने वा अन्य कन्सुलर सेवा लिन चाहनेहरुलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो । माडर्न होम्स बिल्डिङमा बिहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सेवा दिइने दूतावासको सूचनामा उल्लेख छ ।

राहदानी आवेदनका लागि सक्कल राहदानी, राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ ३१ को फोटोकपी एक एक प्रति पेस गर्नुपर्छ । यस्तै नागरिकताको फोटोकपी र सेतो पृष्ठभूमि भएको पासपोर्ट साइजको बोर्डरलेस रंगीन फोटो दुई प्रति बुझाउनुपर्छ । 

अहिले एमआरपी पासपोर्ट नै बन्ने पनि दूतावासले जनाएको छ । नेपाल सरकारले गएकाे मंसिर एक गतेदेखि विद्युतीय राहदानी वितरण गर्न थालेकाे छ । तर विदेशमा रहेका नेपाली नियोग तथा दूतावासबाट ई पासपोर्ट बन्न अझै केही समय लाग्ने राहदानी विभागले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।