वैदेशिक रोजगार नीति पुनरावलोकन गरिने
काठमाडौँ १ पौष । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२१ को अवसरमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम आप्रवासनको अन्तर्राष्ट्रिय परिदृश्यलाई सम्बोधन गर्ने गरी वैदेशिक रोजगार नीति पुनरावलोकन गरिने बताए।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, व्यवस्थित र भरपर्दो बनाउँदै त्यसबाट हुने आर्थिक तथा अन्य लाभबाट गरिबी निवारण तथा दीगो आर्थिक र सामाजिक विकासमा योगदार पुर्याउने लक्ष्यका साथ २०६८ सालमा नीति ल्याइएको थियो। नीति प्रत्येक पाँच/पाँच वर्षमा पुनरावलोकन गर्ने भनि एतापनि हालसम्म परिमार्जन भएको छैन।
सचिव अर्यालले स्वदेश फिर्ता भएका श्रमिकको तथ्याङ्क राख्ने, फिर्ती श्रमिकलाई स्वरोजगार तथा उद्यमी बनाउन सरकारले सहयोग गर्ने बताए। रोजगारी सिर्जना गर्ने सरकारका विभिन्न कार्यक्रममा स्वदेश फर्केका श्रमिकलाई जोड्ने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले स्वदेश फर्केका श्रमिकको चाहनाअनुसार पुनः एकीकरणको प्रक्रिया अगाडि बढाइने बताए। उनले पुनः एकीकरण निर्देशिकाको मस्यौदा अन्तिम चरणमा रहेको बताए ।