एक महिनाको अवधिमा ३४ जना अख्तियारको फन्दामा
काठमाडौँ १ पौष । मङ्सिर महिनामै ३४ जना अख्तियारको फन्दामा परेका छन् । यस अवधिमा प्रधानाध्यापकदेखि, गाविस सचिव, महानगरपालिका निर्देशक, नायब सुब्बा, सशस्त्र प्रहरीका हवल्दारसम्म अख्तियारको फन्दामा परेका हुन् । ३४ जनामध्ये ४ जना घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो भने अन्य बाँकी यसअघि नै अनुसन्धानका क्रममा थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाउँ विकास समितिका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरीको साबिक नमुना गाउँ विकास समितिको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वरी राय यादवले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा १२ लाख ८६ हजार ८ सय रुपैयाँ बिगोसहित मंगलबार मुद्दा दायर गरेको अख्तियारले जनाएको हो ।
त्यस्तै, मंगलबार नै आयोगले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेको आरोपमा विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका लेखा प्रमुख विष्णु प्रसाद गुप्ता विरुद्ध मुद्दा दायर गरेको छ । त्यसैगरि, बदिर्याको राजापुर नगरपालिका वडा नं. ८ बस्ने धोबीपुर बस्ने मनकला चौलागाई आचार्य र उनका श्रीमान मनिलाल आचार्य विरुद्ध झुट्टा विवरण उल्लेख गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार कोरोना विरुद्धको खोप लगाउन २० हजार घुस लिएका महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साह पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनीसहित कृष्णा कुमार यादवलाई पनि उक्त रकमसहित अख्तियारले मङ्सिर २७ गते नियन्त्रणमा लिएको हो ।
त्यसैगरि, अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव प्रसाद थपलिया उपर बिगो एक करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ कायम गरी गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्सिर २३ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर गरेको छ ।
मङ्सिर २० गते सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ११ कुईनेमा रहेको पातालगैरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि दमाईसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेका र सोही दिन वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलसमेत ३ जनाले घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार मङ्सिर १५ गते भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) वीरेन्द्र बहादुर कठायत एक लाख ५० हजार रुपैयाँ नगद तीन लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिइएको छ । सोही दिन मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल पनि ५० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका हुन् ।
सप्तरीको कन्चपुर नगरपालिका वडा नं. १ बस्ने कमल किशोर राज यादवविरुद्ध ५० हजार सहित मङ्सिर १४ गते भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने मङ्सिर १३ गते अनिरुद्र पब्लिक माध्यमिक विद्यालय कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फि यादव विरुद्ध ७ लाख ८२ हजार ६५१ रुपैयाँ बिगोसहित सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
यस्तै, मनसुता सामुदायिक वन उपभोक्ता समूह दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीसहित तीन जना विरुद्ध ४ लाख ५६ हजार बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
आयोगले मङ्सिर ६ गते महोत्तरीको गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहसहित २ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । साथै सोही दिन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बसुन्धारामा कार्यरत सब इन्जिनियर दिपेन्द्र कुमार केसी विरुद्ध दुई लाख बिगो सहित भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।