image
image

इजरायल जाने नेपाली कामदार छनोट प्रक्रियामा अनियमिता भएको मुद्दामा कारण देखाउ आदेश

काठमाडौँ, १, पुस । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा जान चाहने नेपाली  कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई पुस ५ मा बोलाइएको छ । सर्वोच्चका न्यायाधीश  हरिप्रसाद फुयालले सो आदेश गरेका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले अनियमित तरिकाले कामदार छनौट गरेको भन्दै जमुना पौडेल कार्कीसहित ९ जनाले रिट हालेका थिए । मंसिर २२ मा दर्ता गरिएको रिट, निवेदनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।


बैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १४ सय जनाको विज्ञापन गरेको थियो । पछि विना सूचना १६ सय जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरुले छनौट प्रकृया समेत अनियमित भएको आरोप लगाएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
50%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।