image
image

यूएईको दुबई सरकार बन्यो विश्वकै पहिलो ‘पेपरलेस’ सरकार 

काठमाडौँ, १, पुस । यूनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई राज्य विश्वमै पहिलो पेपरलेस (कागजविहीन) सरकार बनेको छ ।

दुबईका यूबराज तथा दुबईको कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमले शनिबार दुबइलाई पेपरलेस भएको घोषणा गरेका हुन ।

शेखले घोषणा सभामा भने ‘आज दुबईको जीवनका सबै पक्षहरूमा डिजिटलाइज गर्ने यात्राको नयाँ चरणको सुरुवात भएको छ । यो यात्रा आविस्कार, रचनात्मकता र भविष्यप्रति केन्द्रित हुनेछ ।

डिजिटल दुबईका महानिर्देशक अल मन्सुरीले दुबई सरकारभित्र नयाँ कार्यको स्थापना गर्ने प्रयासहरूको प्रशंसा गर्दै डिजिटलाइज प्रणालीले ग्राहकहरूको समय र मेहनत बचत गर्ने बताए ।

यसअघि यूएई सरकारले सन् २०१८मा नै दुबई राज्यलाई डिजिटल राज्य बनाउने योजना ल्याएको थियो । योसँगै अब दुबई सरकारका कुनै पनि कर्मचारी वा ग्राहकले कुनै पनि सरकारी प्रक्रियाका लागि कागजात छाप्न वा प्रिन्ट गर्नुनपर्ने र सबै काम डिजिटल माध्यमबाट गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।