विद्युत प्राधिकरणको बील सँकलन काउण्टर पाँच दिनसम्म बन्द हुने
काठमाडौँ, १, पुस । नेपाल विद्युत प्राधिकरणले पाँच दिनसम्म बील संकलनको काउण्टर अर्थात आय संकलन काउण्टर बन्द गर्ने सूचना गरेको छ ।
विधुत नियम न आयोगले गत कार्तिक ८ गतेको निर्णय अनुसार, विद्युत प्रधिकरणको उपभोक्ता २०७८ मंसिर महिनको खपत अर्थात २०७८ पुस १ गते आजदेखिको रिडिंगमा लागु हुने नयाँ विद्युत महसुल निर्धारण भएको र परिवातिंत महसुल दर विद्युत प्राधिकरणको एम–पावर विलिंग सिस्टममा अपडेट गर्नुपर्ने भन्दै पाँचदिनसम्म काउण्टरहरु बन्द गर्ने सूचना गरेको हो ।
पुस १ गतेदेखि लागु हुने गरी सो प्रणालीमा एकसाथ लागु हुने गरी अद्यावधिक (अपडेट) गर्नुपर्ने भन्दै प्रधिकरणले १ गतेदेखि ५ गतेसम्म विद्युत महसुल काउण्टरहरु बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरवारमार्ग काठमाडौँले जारी गरेको सो सूचनामा पाँचदिन सम्म आय संकलन काउण्टर बन्द रहने जनाएको छ ।