भोलिदेखि आप्रवासी दिवस ‘२०२१’ मनाइँदै
काठमाडौँ २९ मङ्सिर । सरकारले भोलिदेखि एक हप्ता अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ। १६ डिसेम्बरदेखि २२ सम्म देशव्यापी रुपमा मनाइने उक्त कार्यक्रम सचेत सीपमूलक र सुरक्षित रोजगारः मर्यादित श्रम आप्रवासनको मूल आधार नासहित दिवस मनाउन लागिएको हो ।
दिवसलाई प्रदेश तथा स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकार तथा स्थानीय तहको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसस्था, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था तथा ट्रेडयुनियनहरुको समेत सहभागितामा कार्यक्रम आयोजना हुने भएको छ।
यी कार्यक्रमहरुमार्फत् सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ। साथै यो क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सहयोग पुग्ने विश्वास आयोजकको छ।