भष्ट्रचार गरेको आरोपमा काठमाडौँ महानगरका ५ कर्मचारी विरुद्ध मुद्दा दायर
काठमाडौँ २९ मङ्सिर । भष्ट्रचार गरेको आरोपमा काठमाडौँ महानगरका ५ कर्मचारी विरुद्ध मुद्दा दायर गरिएको छ ।टेकुस्थित भवन निर्माणमा बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै अख्तियारले काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो।
ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै मुद्दा दायर गरेको हो।
तर अख्तियारले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति दिएको छ।