आज संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २९ मङ्सिर । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्।३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ६ को मृत्यु भएको छ।
काठमाडौँ उपत्यकामा ११८ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित छन्।









