image
image

मलेसियामा डुंगा दुर्घटना हुँदा ११ इन्डोनेसियालीको मृत्यु, २७ बेपत्ता


काठमाडौँ २९ मङ्सिर ।मलेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरू २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरूले बुधवार जानकारी दिएका छन् । मृत्यु भएका र बेपत्ता भएकामध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । 

अचानक खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरूको खोजीका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ । 

सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुंगामा ६० यात्रु रहेका थिए । 




घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला छन् । उद्धारकर्ताहरूले अरू २० पुरुष र दुई महिलालाई भने जीवितै उद्धार गरेका छन् । 

बेपत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरूले बताएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।