image
image

अब ड्राइभिङ लाइसेन्स नवीकरणको अवधि १० वर्ष

काठमाडौँ, २९, मंसिर । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष बनाउने तयारी  गरेको छ । अहिले पाँच वर्षमा लाइसेन्स नवीकरण गर्दा यातायात कार्यालयहरुमा थेगिनसक्नु भीडभाड हुने र स्मार्ट लाइसेन्ससमेत सहज बनाउन नसकिएको भन्दै १० वर्षे अवधि राख्न थालिएको हो । 

त्यसका लागि यातायात व्यवस्था विभागले प्रस्तावित सवारी तथा यातायात व्यवस्था ऐन २०७७ मा लाइसेन्सको अवधि १० वर्ष बनाउने प्रस्ताव गरेको छ । यो ऐन जारी भएपछि अहिले पाँच वर्षमा गर्दै आएको नवीकरण १० वर्षमा गरे हुनेछ। 

अहिले लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षण लगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्ने भएको कारण यातायात कार्यालयहरुमा भीड हुने गरेको छ। 

चालकहरुले ट्रायल पास गरेर पनि नयाँ लाइसेन्स लिनका लागि एकवषएभन्दा धेरै कुर्नुपर्ने र नवीकरण गराउनेले पनि एक वर्षभन्दा बढी कुर्नु परेकोले १० वर्षे अवधि राखेमा केही सहज हुने सरकारी बुझाई छ । 

विभागको तथ्यांक अनुसार अहिले नवीकरण गर्न निवेदन दिनेहरुले र ट्रायल पास गरेकाहरुले रसिद बोकेर मात्रै गाडी चलाउनु परेको छ । यसरी लाइसेन्स पाउन नसकी रसिद बोक्नेहरुको संख्या करिब ६ लाख रहेको विभागले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।