स्रोत नखुलेको २५ लाख रुपैंयासहित २ जना पक्राउ
धनुषा । स्रोत नखुलेको २५ लाख ५० हजार नेपाली रुपैंयासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। नगराईन नगरपालिका २ नगराईन बजारस्थित महोत्तरी लोहारपट्टी नगरपालिका ५ बस्ने ३५ वर्षीय संजय कुमार साहको नेहा फेन्सी स्टोरबाट प्रहरीले २५ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही स्टोरका संचालक संजय र भारत बिहार बस्ने २४ वर्षीय सुमित कुमार यादब रहेका छन् । उक्त स्टोरमा भारतबाट अवैध रुपमा लुकाई ल्याई नेपाली रुपैयाँ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा १ हजार रुपैयाँ दरको १ हजार ६ सय वटा नोट र ५ सय रुपैयाँ दरको १ हजार ९ सय वटा नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई उक्त रुपैयाँ सहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ