image
image

उखुको मूल्य निर्धारणको तयारी

काठमाडौँ, २९, मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।

पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताए। उनले भने, किसानसँग छलफल भएको छ, उहाँको कुरा सुनेपछि मन्त्रालयले मूल्य निर्धारणको गृहकार्य सुरु गरेको छ । 

सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्यप्रति क्विन्टल पाँच सय ४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएन । यस पटक ६५० रुपियाँ प्रतिक्विन्टल हुनुपर्ने माग उठेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।