आज संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २८ मङ्सिर । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ‘पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।
त्यस्तै ‘पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।