अष्ट्रेलियाको सीमा भोलिदेखि खुल्ने
काठमाडौँ २८ मङ्सिर ।अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि बुधबार (डिसेम्बर १५) देखि खुल्ने भएको छ। यसअघि डिसेम्बर १ देखिनै अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिएको भएपनि कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारिएको थियो।
गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रुअरीसम्म पुनः प्रतिबन्ध लगाउन सकिनेबारे छलफलसमेत भएको थियो। त्यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पुरा गरेर अष्ट्रेलिया आउनसक्ने विषयमा कुनै फेरबदल गरिएको छैन ।