सरकारले मूल्य नतोक्दा खेतमै सुक्न थाल्यो उखु
कामठाडौँ, २८, मंसिर । उखु काट्ने बेला भइसक्दा पनि सरकारले मूल्य तय नगर्दा सर्लाहीका चिनी उद्योग सञ्चालनमा आउन सकेका छैनन् । उद्योग सञ्चालनमा नआउँदा उखु सुक्न थालेको किसानको गुनासो छ । उखु काटेर बिक्री गर्नुपर्ने समयमा चिनी उद्योग बन्द छ । मूल्य तय नभएकै कारण मिल सञ्चालनको तयारी हुन सकेको छैन ।
गहुँ बाली लगाउनु पर्ने भएकाले उखु काटेर सख्खर बनाउने उद्योगमा बेच्ने तयारी गर्दै कविलासी नगरपालिका ७ गैरका किसान ।
समयमै मूल्य तय नहुँदा यसको क्षति किसानले बेहोर्नुपर्छ । मिल सञ्चालनमा ढिलाइ हुँदा वर्षभरी मेहनत गरेर हुर्काएको उखु सुक्ने डर किसानमा छ । बर्सेनी उखु काट्ने समय सुरू भएपछि मात्रै मूल्यका लागि सरकार छलफलमा जुट्ने हुँदा किसान मारमा पर्दै आएका छन् । कतिपय किसानले खेतमा सुकाउनु भन्दा आधा मूल्यमा सख्खर बनाउने उद्योगमा उखु बिक्री गर्छन् ।
मंसिर पहिलो सातातिर चिनी उद्योग सञ्चालनमा आउनुपर्नेमा केही वर्षयता मूल्यमा हुने किचलोका कारण उद्योगीले समयमै उद्योग चलाउने गरेका छैनन् । किसानले बढी मूल्य खोज्ने र उद्योग संचालकले बढी नाफा खोज्ने गरेकाले पछिल्लो समय उखुको मूल्य तोक्न कठिनाइ भइरहेको छ । केही वर्षयता सरकारले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै उखुको मूल्य विवाद मिलाउँदै आएको छ । मूल्यकै विषयमा कुरा नमिल्दा उद्योग चल्ने समयमा बन्द रहने गर्छन् ।
मूल्य विवादकै कारण यस वर्ष पनि जिल्लाका चिनी उद्योग सञ्चालनमा आउन सकेका छैनन् । कतिपय किसानको खेतमा तेस्रो ‘खुट्टि’ जातको उखु रहेकाले बिक्री नगरेसम्म गहुँ तथा दलहन बाली लगाउन ढिला हुन्छ । त्यसैले किसान उखु बेचेर खेत खाली गर्न हतारिएका छन् । उखु बेचेर गहुँ खेती गर्ने तयारीमा रहेका कविलासी नगरपालिका–१ पिपरियाका किसान रविन्द्र रायले समयमा चिनी उद्योग सञ्चालनमा नआएकाले उखु बिक्री गर्न नसकिएको गुनासो पोखे । उनका अनुसार ‘खुट्टि’ उखु दिनप्रतिदिन सुकिरहेको छ । उनले उखु किसानले अहिले दोहोरो क्षति बेहोर्नु परिरहेको दुखेसो पोखे । ‘समयमा मिल सञ्चालनमा आएन भने हामीले दोहोरो क्षति व्यहोर्नुपर्छ, पहिलो खेतमा भएको उखु सुक्छ, दोस्रो हिउँदे बाली लगाउन पाउँदैनौं,’ उनले भने, ‘चिनी उद्योग सञ्चालनमा जति ढिलो भयो उति हामी किसानले घाटा बेहोर्नु पर्छ ।
उद्योग सञ्चालनमा ढिलाइ हुँदा कतिपय किसानले उखु सुक्ने डरले आधा भन्दा कम मूल्यमै सख्खर बनाउने क्रसर उद्योगम बेच्न थालेका छन् । मूल्य कायम नभएर चिनी उद्योग सञ्चालनमा ढिलाइ भएकाले यस वर्ष पनि किसानको उखु खेतमै सुक्न थालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । यता कृषि मन्त्री महेन्द्र राय यादवले यस वर्षका लागि उखुको मुल्य तोक्नका लागि छलफल अघि बढाएका छन् । मन्त्री यादवले बिहीबार किसान प्रतिनिधिहरुसँग छलफल गरेको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले जानकारी दिए । छलफलमा आफूहरुले उखुको उत्पादन लागत निकै बढेकाले यस वर्ष उखुको प्रतिक्वीन्टल मूल्य ६ सय ५० रुपैयाँ कायम गर्न माग गरेको बताए । छलफलमा मन्त्रालयका अधिकारीहरु, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, किसान प्रतिनिधिसहित उखु उत्पादन हुने क्षेत्रका जनप्रतिनिधि सहभागी थिए ।
मन्त्री यादवले किसान प्रतिनिधिसँग छलफल पछि उद्योगीसँग पनि छलफल गरी संयूक्त रुपमा बैठक बसेर उखुको नयाँ मूल्य कायम गरिने मैनालीले बताए । ‘कृषि मन्त्रीले हामीलाई उखुको मूल्य निर्धारणका लागि छलफलमा बोलाउनु भएको थियो, हामीले लागत बढिरहेको समयमा मूल्य बढाउन माग गरेका छौं,’ उनले भने, ‘उद्योगी किसानको संयुक्तरुपमा हुने छलफलमा नयाँ मूल्य कायम गरिने जानकारी दिनुभएको छ, यता समयमा उद्योग नचल्दा खुट्टि उखु सुक्न थालेको छ ।’
पाँच वर्षअघि उखुको मूल्य प्रतिक्वीण्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम भएको थियो । जसमध्ये उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदान स्वरुप ६५ रुपैयाँ २८ पैसा दिँदै आएको छ । त्यसयता उखुको मूल्य बढ्न सकेको छैन । तीन वटा चिनी उद्योग रहेको सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको छ ।