image
image

मंगलबार हङकङ जाने यात्रु ६ घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने

काठमाडौँ, २८, मंसिर। मंगलबार काठमाडौंबाट हङकङ जाने यात्रु तोकिएको उडान समयभन्दा ६ घण्टा अगाडि नै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पुग्नुपर्ने भएको छ ।

हङकङले तोकेको शर्त पूरा गरी उडान गर्नुपर्ने भएकाले तोकिएको उडान समयभन्दा ६ घण्टा अगाडि नै विमानस्थल पुग्न नेपाल एयरलाइन्सले यात्रुलाई आह्वान गरेको छ ।

त्रिभुवन विमानस्थलमै यात्रु स्वय‌ंले शुल्क तिरि पीसीआर परीक्षण गर्नुपर्ने भएकाले ६ घण्टा अगाडि नै विमानस्थल पुग्न भनिएको कम्पनीले जनाएको छ ।

विमानस्थलभित्र गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि मात्र चेकइन काउन्टरमा जान दिइने प्रावधान छ । विमानस्थलभित्र गरिएको रिर्पोट नेगेटिभ आएका यात्रुले मात्र निगमको उडानमा जान पाउने छन् ।

प्रस्थान अगाडि ६ घण्टा भित्रको पीसीआर रिपोर्ट मान्य हुने गरी शर्त तोकिएका कारण यात्रुलाई यस्तो नियम लागु भएको कम्पनीको भनाइ छ । विमानस्थलमा रहेका जुनसुकै ल्यावमा गरिएको परीक्षण मान्य हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।