image
image

आइटीसम्बन्धी शैक्षिक मेला बिहीबारदेखि

काठमाडौँ, २७, मंसिर।‘ स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ यही बिहीबारदेखि राजधानीमा छैटौँ व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएस्सी, सिएसआइटी, बिबिए, बीएससी, सिएसआइटी, बिएलटी, बिआइएम, बिएचएम, बिबिआइएस, बिटिटिएम, बिबिएम, बी एचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए, बिआई, बिई, बिडिएफइन, बिडिइभ्सलगायत शैक्षिक उपाधिहरू प्रदान गर्ने ३० शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ । नेपालमै व्यवस्थापन तथा आइटितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको छ ।

छैटौँ शैक्षिक मेलामा यस वर्ष कक्षा ११ र १२ अध्ययन गर्दै रहेको तथा कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने युटिसीका कार्यकारी निर्देशक राजेश बुद्घसैनीले बताए । यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिम विश्वविद्यालयका पाँच, नेपाली विश्वविद्यालयका कलेज, दुईवटा सिए र एक अन्य अध्यापन गराउने संस्थाको सहभागिता रहनेछ भने १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरू रहने युटिसीका एडमिनिस्ट्रेटिभ एन्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।