image
image

स्वेडेन नजिकै बाल्टिक सागरमा २ विशाल पानीजहाज ठोक्किए

काठमाडौँ, २७, मंसिर। स्वेडेन नजिकै बाल्टिक सागरमा २ मालवाहक जहाज आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा ठोक्किएका २ मध्ये एउटा जहाज पल्टिएको छ । दुर्घटनापछि यहाँ ठूलो उद्धार अभियान चलाइएको छ ।

स्वेडेनको मेरिटाइम एडमिनिस्ट्रेसनका अनुसार सोमबार बिहान भएको यो घटनामा कम्तीमा २ जना पानीमा डुबेको आशंका छ । पानीमा पल्टिएको जहाज करिन होज डेनमार्कमा सूचिकृत छ । अर्को जहाजको नाम स्कट करियर हो । एसएमएका प्रवक्ता जोनस फ्रेजेनका अनुसार पानीबाट मानिसले चिच्याएको आवाज सुनिएको सूचना प्राप्त भएको छ ।

एक स्थानीय च्यानलसँग कुरा गर्दै उनले भने ‘हामीले अहिलेसम्म कसैलाई फेला पारेका छैनौं । तर, हामीले गोताखोरहरुको लागि अनुरोध गरेका छौं । धेरै अँध्यारो छ र पानी धेरै चिसो छ ।’ जहाजहरुको ठक्करको रिपोर्ट स्थानीय समयअनुसार बिहान करिब पौने ५ बजे आएको थियो । यो दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।