image
image

वैदेशिक रोजगार प्रहरीबल गठन गर्ने मन्त्री श्रेष्ठको योजना  

काठमाडौँ, २७, मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्रम प्रहरी र वैदेशिक रोजगार प्रहरी स्थापना गर्ने बताएका छन् । 

आन्तरिक श्रम प्रशासन सञ्चालन गर्ने श्रम विभाग र वेदैशिक रोजगार प्रशासन सञ्चालन गर्ने वैदेशिक रोजगार विभागका कामहरूलाई प्रभावकारी बनाउन श्रम र वैदेशिक रोजगार प्रहरी बलको आवश्यकता महसुस गरिएको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षक (डीएसपी) सरहको अधिकृतको नेतृत्वमा सुरक्षाबल राख्नुपर्ने आवश्यकता महसुस गरिएको बताए ।

हाल राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीलाई निगरानी र अनुसन्धानको काममा लगाएको छ भने काठमाडौ महानगरपालिकासहित स्थानीय निकायले नगर प्रहरी स्थापना गरेर काम गरिरहेका छन् । 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार प्रहरी स्थापना भएपछि विभागलाई अनुगमन लगायतका काममा सहज हुने ठानेर वैदेशिक रोजगार प्रहरी स्थापना गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल गरिरहेको समेत बताए । विभागमा नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । तर अनुगमनमा जाँदा सम्बन्धित क्षेत्रको नेपाल प्रहरीको युनिटको सहयोग लिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।