image

५० करोड लगानीमा बुटवलमा बुटिक होटेल, होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी

काठमाडौँ  २६  मङ्सिर  । रुपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड रुपैयाँ लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ।

जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका छन्। साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो।

होटेलमा ४ स्वीट रुम र ३६ डिलक्स रुम छन्। होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने सञ्चालक रानाले बताए। होटेलमा सय जना क्षमताको दुई सभाहल, ग्राउन्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेसमा रेष्टुरेन्ट रहेका छन्।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन भएकाले आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको उनले उल्लख गरे। होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल, लुम्बिनीलगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाएको बताइएको छ। 

'निजी क्षेत्रबाट होटेल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, त्यसरी नै सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ' उनले भने।  

होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

रुपन्देहीका विभिन्न होटेलमा गरेर झन्डै २५ अर्ब रुपैयाँको लगानी रहेको बताइएको छ। यहाँ सानाठूला गरी २ हजार ५ सय होटेल छन्। त्यसमध्ये १ सय ५० भन्दा बढीस्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी सङ्घ रुपन्देहीले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।