image
image

आज घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण 

काठमाडौँ  २५ मङ्सिर। आज नेपालमा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ९ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो नेपालमा कोरोना भाइरसका २ सय ५९ जना संक्रमित थपिएका  थिए ।

त्यस्तै, आज ३ सय ७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ६ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार १ सय ७८ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
 

 कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।