image
image

वन्यजन्तु भालुको पित्त सहित ४ जना पक्राउ

काठमाडौँ २५ मङ्सिर। संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा पाल्पा माथागढी गाउँपालिका-५ सत्यवती बस्ने २० वर्षीय विशाल सुनारी, रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० खड्काटोल बस्ने ४६ वर्षीय हरि बहादुर खड्का, पाल्पा तानसेन नगरपालिका-१० गाबुडाँडा बस्ने ३२ वर्षीय टोप बहादुर राना र रौतहट चन्द्र निगाहापुर नगरपालिका-५ मंगलपुर दोभानटोल बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मा रहेका छन् ।

चमती क्षेत्रमा वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त वस्तु अवैध रुपमा ओसार पसार तथा बेचविखन गर्न ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद वस्तु सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।