image
image

सबै क्षेत्रमा विदेशी कामदार लैजाने मलेसियाको निर्णय

काठमाडौँ २५ मङ्सिर ।मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । 

कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो ।

मलेसियाले यसअघि पहिलो चरणमा प्लान्टेशन भनिने रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो । शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेशन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको हो । 

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले नयाँ कामदार भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणीकरण गर्ने बताएको छ ।

नेपाली दूतावास मलिसियाका काउन्सिलर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।