image
image

निर्मल निवासले भन्यो- ज्ञानेन्द्र र हिमानीले फेसबुक र ट्वीटर चलाउँदैनन्

काठमाडौँ, २४, मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह फेसबुक, ट्वीटर लगायतका कुनै पनि सामाजिक सञ्जालमा नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

पूर्वराजा शाहको नामबाट सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने काम भएको भन्दै उनको सचिवालयले यस्ता भ्रमजालबाट मुक्त रहन अनुरोध गरेको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखिबक्सनु स्वभाविक हो। तर मौसुफबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ। यस्तो निराधार कपोकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउनसमेत अनुरोध गरिन्छ,’ पूर्वराजा शाहको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै सचिवालयले छुट्टै सूचना जारी गर्दै पूर्वयुवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने जनाएको छ। निराधार भ्रम फैलाएर मर्यादामा  आँच आउने काम नगरिदिन सचिवालयको अनुरोध छ।

केही दिनअघि सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा पराजित भएपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा शाह र पूर्व युवराज्ञी हमानीमाथि आक्रोश पोखेका थिए।

राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि हिमानीको फेक ट्वीटर अकाउण्टबाट दिइएको शुभकामनामा टिप्पणी गर्दै थापाले अब ‘राजसंस्था चाँडै पुःस्थापना हुन्छ शुभकामना’ भनेका थिए।

यस्तै थापाले पूर्वराजाले आफूलाई अध्यक्षमा पराजित गराएको आरोप लगाउँदै आएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।