image
image

वैदेशिक रोजगारीमा जाने कामदारका लागि जहाज भाडा घटाउन माग  

काठमाडौँ, २३, मंसिर । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनु पर्ने माग गरेकोे छ ।

बुधबार नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी संघको प्रतिनिधिमण्डलले कोरोना भाइरसविरूद्धको खोपले अन्तर्राष्ट्रिय उडानमा सहजता आई वैदेशिक रोजगारीमा केही सुधार आई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएपनि चर्को हवाई भाडाका कारण विपन्न अवस्थाका कामदारलाई मर्का परेको ध्यानाकर्षण गरिएको संघले जनाएको छ ।

संघको ध्यानाकर्षण पछि मन्त्री आलेले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको भन्दै केही दिन भित्र नै नेपाली कामदारका प्रमुख गन्तव्य खाडी मुलुक लगायतका देशमा जानेका लागि हवाई  भडाको समस्या समाधान हुने अपेक्षा गरिएको जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।