image
image

६ वटा निर्माण कम्पनी कालोसूचीमा   

काठमाडौँ, २३, मंसिर । सरकारले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाण्डौ सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रा लि, पुरानो बानेश्वरको निलगिरि निर्माण सेवा, तारेकेश्वर नगरपालिकाको च्याङ्ग्रासी निर्माण सेवा, कमलादीमा रहेको एसएसएम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखेको हो ।

यस्तै, बाँकेका एसएनसी निर्माण सेवा र त्रिदेव निर्माण सेवा पनि कालोसूचीमा परेका छन् । निलगिरिलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २र२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।