image
image

यूएईमा थपियो बिदा,  सातामा साढे चार दिनमात्रै काम 

काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई)मा सन् २०२२ को जनवरीदेखि अढाइ दिनको सप्ताहन्त हुने भएको छ । अर्थात् सरकारी कार्यालयहरुमा सातामा साढे चार दिनमात्रै काम हुनेछ ।

 यो बिदा शुक्रबार मध्याह्नदेखि सुरु हुने छ । शनिबार र आइतबारको दिन पनि पूरै बिदा हुने छ । सबै सरकारी कार्यालयहरुमा यो बिदा लागू हुने छ ।

अरु दिनहरूमा भने बिहान साढे सात बजेदेखि दिउँसो साढे ३ बजेसम्म सरकारी कार्यालयहरू खुल्नेछन् । शुक्रबारको दिन भने बिहान साढे सात बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै कार्यालयहरु खुल्नेछन् । सो क्रममा घरैबाट काम गर्ने विकल्पसमेत राखेर काम गराइलाई लचिलो बनाइएको छ ।शुक्रबार मध्याह्नको नमाजको समय यूएईभर दिउँसो सवा १ बजेदेखि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।