आज घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २२ मङ्सिर । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्।३६६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।
त्यस्तै यसको संक्रमणबाट २ को मृत्यु भएको छ।