युएईमा भारी संख्यामा कामदारको माग
काठमाडौँ २२ मङ्सिर । युएईमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएईको विभिन्न कम्पनीले १०० पुरुष तथा ७ महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।कामदारले खान बस्न सहित तलब ३२ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले न्यु लाइट इन्टरनेस्नल प्रालिको कार्यालय सिनामंगल काठमाडौँमा मङ्सिर २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।









