image
image

कतारमा अवैधानिकरूपमा कार्यरत कामदारलाई वैधानिक हुने बाटो खुला  

काठमाडौँ, २२, मंसिर । कतारमा विभिन्न कारणले अवैधानिकरूपमा कार्यरत कामदारहरूलाई यहाँको सरकारले वैधानिक हुन बाटो खुला गरेको छ । 

आप्रवासी कामदारहरूको आगमन, प्रस्थान र नियमन गर्न बनेको सन् २०१५ को कानून नं १५ को उल्लंघन गरी गैरकानूनीरूपमा कतारमा बसेका कामदारहरूले आधा जरिवाना शुल्क तिरेर आफूले चाहेको कम्पनीमा वैधानिक हुन सकिने यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

आफ्ना कामदारहरूको कतारी आइडी नलगाएका कम्पनीले पनि उक्त कानूनको प्रयोग गरी कामदारलाई वैध बनाउन सक्ने मन्त्रालयले जनाएको छ । गएको अक्टोबर १० देखि खुला भएको यस आममाफी तथा वैध हुने प्रक्रियाको अन्तिम म्याद यही डिसेम्बर ३१ सम्म रहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।