image
image

युएईले कामदारलाई हप्तामा दुई दिन विदा दिने  

काठमाडौँ, २२, मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) ले कामदारलाई हप्तामा दुई दिन विदा दिने भएको छ । नयाँ वर्ष २०२२ को जनवरीबाट लागु हुने गरि युएईले आफ्नो कार्यहप्ता सोमबार देखि शुक्रबारसम्म पाँच कार्य दिन बनाउने भएको हो ।

जनवरीदेखि युएईका कामदार तथा कर्मचारीले शनिबार र आइतबार विदा पाउनेछन् । कर्मचारीहरुको कार्य दक्षता उकास्ने र सामाजिक जीवनस्तर वृद्धि गर्ने सोच सहित यो व्यवस्था गर्न लागेको जनाइएको छ ।

यो व्यवस्थाले वैदेशिक रोजगारीका लागि युएईमा रहेका नेपालीहरु समेत लाभान्वित हुने भएका छन् । नेपाली कामदारका लागि युएई चौथो प्रमुख गन्तव्य हो । त्यहाँको कुल जनसंख्या मध्ये करिब ३ लाख जनसंख्या नेपालीहरुको छ ।

युएईका सरकारी कर्मचारीहरुलाई भने पारम्पारिक मुश्लिम बिदा दिवसलाई कायम गर्दै शुक्रबार आधा दिन मात्रै काम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।