image
image

महिला तथा किशोरीलाई भारत हुँदै इराक लगिदैँ गर्दा ७ को उद्धार 

काठमाडौँ, २२, मंसिर । वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी भारत हुँदै खाडी मुलुक पुर्‍याउने बिचौलियाहरुको सक्रियता बढ्दै  गएको छ । 

निकै सोझा र केही नजान्ने महिला तथा किशोरीहरुलाई जोखिमपूर्णरुपमा भारत हुँदै इराक, ओमान जस्ता देशमा लैजाने गरेको पाइएको छ । 

यसैबीच आफन्त नेपालले आइतबार र सोमबार गरी ७ जना महिलालाई कृष्णनगर सीमाबाट उद्धार गरेको छ । उद्धार पश्चात् ती महिलाहरुलाई सोधपुछ तथा परामर्श गर्दा इराक र ओमान जान लागेको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकाहरु विभिन्न जिल्लाका महिला तथा किशोरीहरु थिए । 

२० वर्षदेखि ४० वर्षका महिलाहरुलाई अनेकौ प्रलोभनमा पारी विभिन्न बिचौलीयाहरुको माध्यम र प्रयोगबाट भारत लाने र त्यहाँबाट तेस्रो मुलुक पठाउने गरेको खुल्न आएको छ । सोधपुछको क्रममा पूरा नाम समेत थाहा नभएको तर काठमाडौंमा बस्ने भिम नाम गरेको व्यक्तिले पठाएको पीडितहरुले प्रहरीसमक्ष बयान दिएका छन् । 

सीमा पार गर्दा अलग अलग गरेर जाने र सोधपुछ गर्दा सत्य नबताउने र बजार जान लागेको भनेर झुटो बोल्दा बिचौलियालाई नियन्त्रणमा लिन असहज हुने आफन्त नेपालकी परामर्श दाता अनिता कोइरालाले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।